Sorry, your browser does not support JavaScript! अब विराटनगरमै सवारी चालक अनुमति पत्र नवीकरण हुने - Merodesh.news

अब विराटनगरमै सवारी चालक अनुमति पत्र नवीकरण हुने

मेरोदेश संबाददाता,विराटनगर,

यातायात ब्यवस्था सेवा कार्यालय विराटनगरबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) नवीकरण कार्य शुरु भएको छ ।
खार्जीस्थित सेवा कार्यालयमा शनिवार आयोजित कार्यक्रमकाबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनुमति पत्र नविकरण कार्यको शुभारम्भ गर्नुभयो । मन्त्री पण्डितले सो कार्यालयवाट सेवाग्राहीलाई नविकरण शुल्क बुझेको रशिद हस्तान्तरण गर्दै सेवा आरम्भ गर्नुभयो । सो अवसरमा बोल्नुहुंदै उहांले सेवाग्राहीलाई छिटो छरितो सेवा उपलब्ध गराउने लक्ष्यसहित सरकार क्रियाशिल रहेको बताउनुभयो । यातायात ब्यवस्था विभागले पहिलो पटक कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीबाट हुँदै आएको सवारी अनुमती पत्र नविकरणको काम विराटनगर स्थित सेवा कार्यालयबाट आरम्भ गरेको छ ।

कार्यक्रममा बोल्नुहुंदै यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले विराटनगर महानगरपालिकामा आगामी साउन १ गतेदेखि प्रदुषण जाँचपास नभएका सवारी साधनहरुको संचालनमा रोक लगाईने जानकारी दिनुभयो । उहांले प्रदुषण जाँचपासका निम्ति आवश्यक पर्ने उपकरण र जनशक्तिको ब्यवस्थापनमा बिभाग जुटेको समेत बताउनुभयो । आगामी केहीदिन भित्रै बर्दिवास, चितवन, सुर्खेत लगायतका सेवा कार्यालयबाट समेत सवारी चालक अनुमती पत्र(लाइसेन्स) नविकरणको काम अघि बढाउने तयारी गरिएको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]