Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण — इजलासमा चर्काचर्की - Merodesh.news

सुन तस्करी प्रकरण — इजलासमा चर्काचर्की

मेरोदेश संबाददाता,विराटनगर

विराटनगर÷ साढे ३३ किलो सुन तस्करी प्रकरणसग जोडिएको समन हत्या काण्डको थुनछेक बहसको दोस्रोदिनको इजलासमा प्रतिवादी कानुन व्यावसायीले प्रमाण हेर्न अस्वीकार गरेका छन् ।
शुक्रवार कार्यालय विदा हुन अघि सरकारी वकिलले इजलासमा तस्करी प्रकरणमा चुणामणी उप्रेती ‘गोरे’ले हराएको सुन खोज्ने क्रममा यातना दिएको भिडियो प्रस्तुत गर्न खोजेका थिए । तर आफूहरु कमजोर हुने डरले प्रतिवादी कानुन व्यावसायीले प्रमाण हेर्न अस्वीकार गरे ।
जिल्ला न्यायधिस नारायणप्रसाद शर्माको इजलासमा बिहिवारदेखि सुरु थुनछेक बहसमा सरकारी वलिकहरुले तस्करीको सुन हराएपछि भरिया र एयरलायन्सका कर्मचारीहरुलाई यातना दिएको भिडियो प्रस्तुत गरिएको थियो ।
सुरुमा बन्द इजलासमा भिडियो हेर्न तयार भएका प्रतिवादी वलिकहरुले भिडियो सुरु भएको ४–५ मिनेटपछि हेर्न मानेनन् । बन्द इजलासमा प्रमाण पेस गरेका सरकारी वकिल र प्रतिवादी वलिकहरु बिच चर्चा चर्की परेको थियो । समय अभाव भएपछि दिउसो ३ बजे इजलास स्थगित गरिएको हो ।
सरकारी वलिकको कार्यालयले शुक्रवार आरोपीका आफन्तले उपलब्ध गराएको, बिशेष अनुसन्धान टोली समक्ष आरोपीले पेस गरेको र प्रहरीको डिजिटल फरेन्सीक ल्याबबाट प्राप्त भिडियो पेस गरिएको थियो । सुन खोज्ने क्रममा तस्करहरुले यातना दिएको भिडियो अभियुक्तहरुको मोवाइलबाट नेपाल प्रहरीको डिजिटल फरेन्सीक ल्याबाट निकालिएको थियो । भिडियोमा तस्करीका प्रस्ट प्रमाणहरु छन् । तर आफूहरु कमजोर हुने डरले प्रतिवादी वलिकहरुले प्रमाण हेर्न नमानेको सरकारी वलिकहरुको आरोप छ । तर प्रतिवादी वलिकहरु आरोपीहरु आरोप प्रत्यारोपमा उत्रिने भएकाले हेर्न नमिल्ने बताउछन् ।
वकिलहरुले हेर्न नमानेपछि स्थगित भएको थुनछेक बहस आइतवार पून सूचारु हुने छ । आइतवारबाट प्रतिवादी तर्फका वलिकहरुले बहसगर्नेछन् । पक्राउ परेका ३० प्रतिवादीको तर्फबाट बहस गर्न ८३ कानुन व्यावसायीले नाम टिपाएका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]