Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण, बिहिवारबाट बहस सुरु - Merodesh.news

सुन तस्करी प्रकरण, बिहिवारबाट बहस सुरु

मेरोदेश संबाददाता,विराटनगर

सनम शाक्य हत्या प्रकरण र साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३० जना अभियुक्तहरुका बारेमा थुनछेक बहस सुरु भएको छ । मुद्धा दर्ता भएको ९ दिन पछि बिहिवारबाट जिल्ला अदालत मोरमा थुनछेक  बहस सुरु भएको हो ।
बिहिवारदेखि थुनछेक बहस सुरु भएको हो । पहिलो दिनको थुनछेक बहसमा सरकार तर्फबाट चारजना वलिकहरुले बहस गरेका छन् । बहसको सुरुवात गोपाल रिजालले गरेका थिए । सहन्याधिवक्ता रिजाल मुद्धाको बहसकालागि महानयाधिवक्ताको कार्यालयबाट विराटनगर आएका हुन् ।
इजलासमा रिजालले बहस प्रारम्भ गरेपछि मोरङका जिल्ला न्यायधिवक्ता पुन्यप्रसाद पाठक, सप्तरीका जिल्ला न्यायधिवक्ता पुन्यप्रसाद सापकोटा, उच्च अदालत सरकारी वकिलको कार्यालय धनकुटाका निमित्त सहन्यायधिवक्ता मनोज आचार्यले बहस गरेका थिए ।
मोरङ जिल्ला अदालतका न्यायधिश नारायणप्रसाद शर्माको इजलासमा गत बिहिवारदेखि मंगलवार सम्म पांचदिन लगाएर ३० जनाको बयान लिएको थियो ।
बादीको पक्षबाट चिरञ्जीवि पराजुली, पदमप्रसाद वस्ती, रोहित पोखरेल, हिमालय त्रितालले शुक्रवार बहस गर्नेछन् । प्रतिवादी ३० जनाको तर्फबाट आइतवारबाट वलिकहरुले बसह गर्ने बताइएको छ । शुक्रवार आधा समयमात्र कार्यालय समय रहेकाले सरकारी वलिकहरुलाई बहस गर्न लाग्ने छ ।
साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अभियोगमा सरकारको पक्षबाट ८ जना सरकारी वकिलले गर्नेछन भने प्रतिवादीको तर्फबाट ७९ जना वलिकलले बहस गर्नेछन् ।
प्रतिवादीहरुको तर्फबाट बरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ, राजेन्द्र भट्टराई, योगेन्द्रकुमार शर्मा न्यौपाने, माधवराज आाचार्य, यदुनाथ खनाल,हिकमत पौडेल, टंक उप्रेतीलगायत ७९ जनाले बहस गर्नेछन् ।
प्रतिवादीहरुको तर्फबाट बहस गर्न बरिष्ठ अधिवक्ता सम्भू थापा, पूर्व महान्याधिवक्ता रमनकुमार श्रेष्ठ र शुसिल पन्त बहसकालागि विराटनगर आउने चर्चा छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]