Sorry, your browser does not support JavaScript! पण्डित श्रीनिवासले सबैको धार्मिक अस्थामा चोट पुरयाए – जयराम यादब - Merodesh.news

पण्डित श्रीनिवासले सबैको धार्मिक अस्थामा चोट पुरयाए – जयराम यादब

मेरोदेश संबाददाता,
बिराटनगर २७ बैसाख । एक नम्बर प्रदेश सभाका एक संसदिय दलका नेताले आफैलाई गोली प्रहार गर्न लगाएर पण्डित श्रीनिवासले सबैको धार्मिक आस्थामाथि चोट पुरयाएको बताएका छन ।
एक नम्बर प्रदेश सभाको हिउँदे अधिबेशनको अन्तिम बैठकमा बुधबार बोल्दै संघियसमाजबादी पार्टीका ससदिय दलका नेता जयराम यादबले धर्म गुरु कहलाउने श्रीनिवासले नै आफैलाई आफुले गोली प्रहार गरेर धार्मिक आस्थामाथि चोट पुरयाएको बताएका हुन ।
पण्डित आर्चायले चाहेर पनि धार्मिक सदभाव भडकाउन नसक्नुमा सबैको संयमित व्यवहार प्रसंसनिय भन्दै धन्यवाद दिए।उनले दोषी पत्ता लगाउन आफुहरुले सभामा आवाज उठाएको र सरकारले त्यसलाई गम्भिर रुपमा लिएर काम गरेकोमा सरकारको प्रसंसा पनि गरे । आफैलाई गोली प्रहार गरेर धार्मिक आस्थामा चोट पुरयाउने कथित धर्मगुरुको षडयन्त्र पत्ता लगाउन सफल भएको भन्दै स्थानिय राम जानकी मन्दिर संरक्षण समितिले मोरंगका एसपी अरुण बिसीलाई बुधबार सम्मान पनि गरेको छ ।
नेता यादबकै निर्वाचन क्षेत्र मात्र नभएर आफै बस्ने बिराटनगर महानगर १४ स्थित जतुवा टोलको रामजानकी मन्दिरमा हुने भागवत पुराण बाचन गर्न पण्डित श्रीनिवास आएका थिए । राती धर्मशालामा बास बसदै दिन २५ चैत बिहान दुई बजे उनले आफनै अंगरक्षकलाई गोली हान्न लगाएर धार्मिक सदभाव बिथोल्ने प्रयत्न गरेका थिए । पण्डित आचार्यले आफुलाई मंगोलियन अनुहारका दुई जानाले गोली हानेर घाइते बनाएको भन्दै गलत बयान दिएर सरकारलाई गुमराह बनाउने प्रयत्न पनि गरेका थिए । मोरंग प्रहरीले पण्डित आर्चाय र उनका अंगरक्षक माधव चौधरी अनि सहयोगी लक्ष्मीराज अधिकारीलाई मोरंग प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले पण्डित आर्चायलाई जिल्ला प्रशासन मोरंगमा हतियार तथा खरखजाना र अन्य दुईलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत मोरंगमा मुद्दा दर्ता गराएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]