Sorry, your browser does not support JavaScript! यसपटक पुर्वमा आँपको उत्पादन राम्रो हुने - Merodesh.news

यसपटक पुर्वमा आँपको उत्पादन राम्रो हुने

मेरोदेश संबादाता,विराटनगर
हावाहुरीबाट जोगिएको आँपको चिचिलामा पँहेलिएर झर्ने समस्या देखिएको छ । यो समस्या नियन्त्रण गर्न सकिए यसपटक पुर्वमा आँपको उत्पादन राम्रो हुने देखिएको छ ।

घरको करेसाबारी र आँप बगैचाका बोटहरुमा यसपटक लटरम्म आँप फलेको देख्न सकिन्छ । यसले यसपटक आँपको राम्रो उत्पादन हुने संकेत गरेको छ । गएकोबर्ष न्युन उत्पादन भएको आँप यसपटक राम्रो हुने किसानहरुले आशा गरेका छन । बोटमा लागेको फल हेरेर उनिहरु आशाबादी भएका हुन । तर सो संगै पुर्णरुपले फलको बिकास हुनु अगावै पँहेलिएर बोटबाट चिचिला झर्न थालेपछि किसानहरु चिन्तित समेत भएका छन । चिचिला झर्नबाट रोक्न अनेकौं भिटामिन र औषधि प्रयोग गरेपनि नियन्त्रण गर्न नसकिएको विराटनगर ११ का किसान छेदी शाहको भनाई छ ।

शाहले १ सय ३६ बोट भएको बगैंचा भाडामा लिएर ब्यवसायिक आँप खेती गर्दै आएका छन । विराटनगर १२ बखरीका अर्का किसान मनिसा साहले पहेलिएर आँप झर्ने समस्यालाई नियन्त्रण गर्न नसकिए यसपटक समेत किसानले घाटा सहनुपर्ने बताउनुभयो ।

पुर्वका जिल्लाहरु मध्ये सप्तरीमा सबभन्दा बढी ६५३० हेक्टर क्षेत्रफलमा आँपको खेती हुने गरेको छ । यसैगरि सिरहामा ५६५०,सुनसरीमा १४४०,झापामा १२ सय र मोरङमा ५३० हेक्टर क्षेत्रफलमा आँपको खेती हुने गरेको छ । पुर्वी तराईका जिल्लाहरुको १७,२६९ हेक्टर क्षेत्रफलमा र पहाडको १७५७ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ । यसपटक अनुकुल मौसम भएको कारण आँपको उत्पादन राम्रो हुने सम्भावना रहेको बरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो । बोटको क्षमताभन्दा बढी फल लागेकाले प्राकृतिकरुपमा आँपको फल झरेको हुनसक्ने उहांको भनाई छ ।

गएको बर्ष पुर्वको तराईमा ९२ हजार ६ सय ५८ मेट्रिक टन र पहाडी जिल्लाहरुमा १ सय ६६ मेट्रिक टन आँपको उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यसपटक सो भन्दा बढी उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन[...]

चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित
चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम। चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]