Sorry, your browser does not support JavaScript! सनम शाक्य हत्या र सुन तस्करी मुद्दा प्रकरण, प्रतिरक्षागर्न ५० कानुन व्यवसायीहरुले बहस गर्दै - Merodesh.news

सनम शाक्य हत्या र सुन तस्करी मुद्दा प्रकरण, प्रतिरक्षागर्न ५० कानुन व्यवसायीहरुले बहस गर्दै

मेरोदेश संबादाता
बिराटनगर २७ बैसाख । सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपीहरुको पक्षमा ५०जना कानुन व्यवसायीहरुले बसह गर्ने भएका छन ।
२७ बैसाखबाट सुरु हुने उक्त्त मुद्दाको थुनछेक बहसमा प्रतिबादीहरुको प्रतिरक्षा गर्नकालागि ५० जना कानुन व्यवसायीरुले जिल्ला अदालत मोरंगमा वकालत नामा दर्ता गराएका हुन । वकालत नामा दर्ता गराउनेहरुमा काठमाण्डौ , मोरंग र सुनसरीका बरिष्ठ र चर्चित कानुन व्यवसायीहरु रहेका छन । आज बिहिबारबाट मोरंग जिल्ला अदालतनमा थुनछेक बहस हुदैछ ।
थुनछेक बहस सुरु भएपछि आरोपीहरुको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुको सँख्या अझै बढन सक्ने मोरंग अदालतका श्रेस्तेदार नवराज दुलालले बताए । उनले भने – Ôआरोपीहरु धेरै भएको र सबैले आआफना कानुन व्यवसायीहरु प्रयोग गर्ने भएकोले प्रतिरक्षा गर्ने कानुन व्यवसायिहरुको सँख्या बढने अबस्था बाँकी नै छ ।

सरकारको पक्षमा बहस गर्न सरकारी बकिलहरुको पनि समुह

बिहिबार पहिले सरकारी बकिलहरुले नेपाल सरकारको तर्फबाट अभियुक्त्तहरुलाई अभियोग अनुसारको सजाय माग गर्दै बहस गर्नेछन । बहसलाई बलियो बनाउन सरकारी बकिलको कार्यालयले पनि आफनो समुह बनाएको छ । जिल्ला न्यायधिबक्त्ता पुण्यप्रसाद पाठकका अनुसार मुद्दाको गाम्भिरतालाई ख्याल गर्दै जिल्ला र उच्च अदालत र काठमाण्डौ स्थित न्यायधिबक्त्ताको कार्यालयका सरकारी वकिलहरुको समुहले सामुहिक बहस गर्नेछन ।

पाँचदिन निरन्तर बयान

जिल्ला सरकारी वकिलको कार्यालय मोरंग मार्फत मोरंग प्रहरीले १९ बैसाखमा ६३ जना बिरुद्ध अभियोग पत्र अदालतमा दर्ता गराएको थियो । त्यसपछि निरन्तर सुरु भएको पक्राउ गरिएका सबै ३० जना आरोपीहरुको अदालतको बयान पाँच दिनपछि मंगलबार २५ बैसाखमा सकिएको हो । बुधबार कानुन दिवस परेकोले अदालतमा इजलास नलाग्ने भएकोले २७ बैसाखदेखी अभियुक्त्तहरु उपर बादी र प्रतिबादीको तर्फबाट थुनछेक बहस सुरु हुने मोरंग अदालतका श्रेष्तेदार नवराज दुलालले बताए । सबै आरोपीहरुको थुनछेक बहस बयान भएको न्यायधिश न्यायधिश नारायणप्रसाद शर्माको ईजलासमा हुनेछ ।

३८ क्विन्टल सुन चोरी निकारी गरेको अभियोग

नेपाल सरकारबादी रहेको उर्लाबारी ७ का ३६ बर्षिय सनम शाक्यको अपहरण गरि मानव शरिर बन्धक बनाएर हत्या गरिएको र संगठित अपराधिक गिरोहमा सामेल भएर सुन तस्करी गरेको अभियोग लगाएको नेपाल सरकारबादी रहेको उक्त्त मुद्दामा सन २०१५ जुलाई यता १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५सय ६३ ग्राम बरावर सुन चोरी निकासी गरेको. माग दाबी छ ।

तथ्य बाझिएपछि गृहबाट छानबिन समिति गठन

१८ फागुनमा मोरंग उर्लाबारी ७ कान्छि चौकको जंगलमा गायब भएको साढे ३३ केजी सुन खोज्ने क्रममा करेन्ट लगाएर यातना दिँदा उर्लाबारी ७ का युवा सनम शाक्यको मृत्यू भएको थियो । उनको शव वेपत्ता बनाउने प्रयास गर्ने क्रममा प्रहरीले स्कारपियो जिप भित्रबाट १९ फागुन बिहान बिराटनगर ३ पोखरियाबाट सनमको शव बरामद गरेर चालक टेकराज मल्ल (ठकुरी) सहित उर्लाबारीका मोहन काफले र नरेन्द्र कार्कीलाई पनि पक्राउ गरेको थियो ।
घटनाको अप्रेसनमा आएको महानगरि प्रहरी अपराध महाशाखा र मोरंग प्रहरीको तथ्य बाझिएपछि गृह मन्त्रालयले अपराधलाई गम्भिर मानेर सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बिषेस छानबिन टोली गठन गरेको थियो । छानबिन समितिको प्रतिबेदन र पक्राउ गरिएकाहरुको बयानका आधारमा मोरंग प्रहरीले संलग्न भएको आरोपमा ६३ जनालाई आरोपी बनाउँदै ३० जनालाई पक्राउ गरेर अनुसन्धान गरि संगठित अपराध , अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान अपराधमा अभियोग पत्र अदालतमा सरकारी वकिलको कार्यालय मार्फत दर्ता गराएको थियो ।

फरारलाई ७० दिने म्याद जारी हुने

अदालतमा श्रेस्तेदार नवराज दुलालका अनुसार थुनछेक बहसका क्रममा फरार अभियुक्त्तहरु हाजिर भएमा थुनछेक बहस स्थिगित गरि तुरुन्त बयान लिएर मात्र थुनछेक बहस सुरु हुनेछन । अन्यथा थुनछेक बहस सुनिसकेपछि अदालतले फरारहरुको हकमा ७० दिने म्याद जारी गर्ने छ ।
उक्त्त मोरंग प्रहरीले ८ जना प्रहरी सहित ३० जनालाई पक्राउ गरेको छ । मुख्य नाइके गोरे भनिने चुडामणी उप्र्रेती सहित ३३ जना अझै फरार छन ।

संगठित सुन तस्करी , अपहरण तथा मानव शरिर बन्धक र कर्तव्य ज्यान मुद्दाका अभियुक्त्तहरु

मोरंग उर्लाबारी ७ का ३७ बर्षिय गोरे भन्ने चुडामण उप्रेती । काभ्रेपलाञ्चोक मण्डन देउपुर १२ बस्ने २९ बर्षिय टेकराज मल्ल ठकुरी । उर्लाबारी ४ बस्ने ३६ बर्षिय मोहन काफले ।हेटौडा उपमहानगर १६ बस्ने २७ बर्षिय सुरेन्द्र गौतम , झापा गौरादह नपा ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारी ,मेची नपा ४ बस्ने २९बर्षिय रुस्तम भन्ने मोहम्मद उस्ताम मियाँ ,सोलु दुधकुण्ड ८ बस्ने ३० बर्षिय टुकबहादुर मगर , मेची नपा १३ का ३१ बर्षिय लाक्पा शेर्पा । मोरंग उर्लावारी नपा २ बस्ने माधव भन्ने मदनप्रसाद घिमिरे ।,सिरहा धनगढीमाई नपा १२ का रोहित आर्चाय ।मोरंग उर्लाबारी ७ का ३३ बर्षिय कृष्ण भनिने नरेन्द्र कार्की , उर्लाबारी नपा ४ का भबिन राई भनिने भबिन तामांग , भारत बिहार राज्यको मोतिहारी स्थायी घर भै हाल काठमाणै मनपा ७ गौरीघाटमा रहेको श्री ब्रर्दश मोटर ग्यारेजमा काम गर्ने राजनकुमार ।सुनसरी धरान उपमनपा २ बस्ने ३० बर्षिय कृष्ण बस्नेत , काठमाण्डौ मनपा १६ का ६४ बर्षिय भुजुंग गुरुंग । सुनसरी धरान उपमनपा ३ घर भै हाल काठमाणै मनपा २९ अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रबाल , धरान नपा २ बस्ने राहुल भन्ने सुनिलकुमार अग्रबाल , झापा सताक्षी नपा ६ घर भै हाल काठमाण्डौ चन्द्रागिरी नपा ४ बस्ने कालु, काले , किसन भन्ने ४५ बर्षिय कृष्णगोपाल अग्रबाल , काठमाण्डौ मनपा ३२ का ४९ बर्षिय आरके भन्ने राजेन्द्र शाक्य ,उर्लाबारी ७ घर भै काठमाण्डौ मनपा ७ गौरीघाट बस्ने ३३ बर्षिय रमेश उप्रेती , भारत पश्चिमबंगाल सिलिगुडी २९ घर भै हाल काठमाण्डौ धुम्बराही प्रेस्टिज अर्पाटमेन्टमा बस्ने ६२ बर्षिय चाचाजी भन्ने महाबिरप्रसाद अग्रबाल , काठमाण्डौ ९ एयरपोर्ट स्थित बाजेको सेकुवा कर्नरका संचालक चेतन भन्ने चेतनाथ भण्डारी , काठमाण्डौ ३१ बानेश्वर बस्ने न्युरोड स्थित भैरवलक्ष्मी गोल्ड सिल्भर मार्टका संचालक ४३ बर्षिय प्रमोदकुमार श्रेष्ठ , सुनसरी ईटहरी उपमनपा ६ बस्ने ३२ बर्षिय बेनु श्रेष्ठ , काभ्रेपलाञ्चोक वेथान चौक गापा ४ बस्ने हरिशरण खडका , झापाको झपा गापा ७ घर भै काठमाण्डौ ९ बस्ने प्रहरी नायब निरिक्षक वालकृष्ण सञ्जेल , सिन्धुपाल्चोक तोगर्चे गापा ७ घर भै हाल काठमाण्डौ ६ बौद्ध आरुवारी बस्ने ४४ बर्षिय एलवी भनिने लालबहादुर मगर , काठमाण्डौ ८ का ५९ बर्षिय बिरेन्द्रमान श्रेष्ठ , ललितपुर मनपा १४ बस्ने सम्बिरबहादुर तोलाङे , काठमाण्डौ ९ बस्ने ४५ बिर्षय बालकृष्ण श्रेष्ठ,भक्त्तपुर सुर्यबिनायक नपा ९ खत्रीगाउँ बस्ने ५१ बर्षिय दोराम खत्री , काठमाण्डौ ९ बस्ने ५१ ब्र्षिय कपिराज पुरी , काठमाण्डौ ८ बस्ने ५८ बर्षिय गोपालकुमार श्रेष्ठ , ललितपुर कन्योसोम गापा ३ बस्ने ३० बर्षिय तक्ले भनिन पुण्यप्रसाद तामा –तामांग) ,काठमाण्डौ चन्द्रागिरी नपा १३ बस्ने ४२ बर्षिय हेमन्त गौतम , काठमाणै १८ बस्ने ५५ बर्षिय राजु महर्जन

सगठित सुन तस्करीमा मात्र अभियोग लागेकाहरु

पर्वत पैयु गापा ७ बस्ने ४१ ब्र्षिय रोशन भन्ने गुप्तलाल भुषाल । ,काभ्रे नेपाल थोक गापा ४ काकी गाउँ बस्ने ४० बर्षिय रामहरी कार्की , बाग्लुग काठेखोला गापा ७ बस्ने कमल कार्की , मोरंग कानेपोखरी गापा ४बस्ने माधव आर्चाय । धनकुटा नपा ४ घरभै काठमाणै न्युरोडमा लक्ष्मी गोल्ड सिल्भर प्यालेस संचालिकका ४४ बर्षिय गीता श्रेष्ठ । मोरंग उर्लाबारी ७ घरभै काठमाण्डौ ७ गौरीघाट बस्ने नर्वदा खरेल निरु उप्रेती । भक्त्तपुर मध्यपुर ठिमी नपा १६ लोकन्थली बस्ने ५४ बर्षिय एसएपी श्यामबहादुर खत्री , काठमाण्डौ ३२ कोटेश्वर बस्ने ४६ बर्षिय डिएसपी सञ्जयबहादुर राउत , काठमाण्डौ टोखा नपा ६ बस्ने ५० बर्षिय एसपी बिकासराज खनाल , चितवन भरतपुर नपा ३६ बर्षिय प्रहरी हवल्दार अम्बरबहादुर थापा मगर , गोरखा नपा १४ बस्ने ३७ बर्षिय बिष्णुबहादुर खडका , काठमाणै ३ बाँबसबारी बस्ने ५४ बर्षिय पुर्व डिआईजी गोबिन्दबहादुर निरौला । बर्दिया घरभै काठमाण्डौ १८ बस्ने ३५ बर्षिय तुलाराम थारु । काठमाण्डौ १३ ताहचल बस्ने ४२ बर्षिय अमरमान डंगोल । मोरंग सुन्दरहरैचा नपा २ बस्ने २७ बर्षिय ओमप्रकाश नेवार। कास्की पोखरा उमनपा २१ बस्ने प्रयास पराजुली , सिन्धुपाल्चोक बलेफी गापा ५ बस्मे सञ्जय अधिकारी । , मोरंग सुनबर्षी नपा ६ बस्ने ३८ बर्षिय अर्जुनप्रसाद खरेल । भोजपुर दिंगला घर भै हाल काठमाण्डौ बागेश्वरी मनहरा नपा ३ बस्ने आरबी भन्ने रक्षा भण्डारी ,धरान १ घर भै काठमाण्डौ ३१ शान्तिनगर बस्ने बैभवलक्ष्मी सिल्भर गोल्ड प्यालेसका संचालक ५० बर्षिय सुनिल श्रेष्ठ । काठमाण्डौ १६ खरिबोट बस्ने मणिराज चौलागाई ,सिन्धुपाल्चोक जलजलेका शिवकुमार गुभाजु । अम्मरबहादुर थापा ।

को को छन अझै फरार छन …………..

चुडामणी उप्रेती –गोरे) । एमके अर्थात मोहनकुमार अग्रवाल । रमेश उप्रेती । नर्वदा खरेल अर्थात निरु उप्रेती । बेनु श्रेष्ठ । हरिशरण खडका । कृष्ण बस्नेत । मोहम्मद उस्ताम मियाँ । भनिव राई भनिने भविन तामांग । बिमल कार्की , सन्दिप खडका । चेतनाथ भण्डारी । सुनिल अग्रवाल । प्रमोद श्रेष्ठ । रोहित आर्चाय । छिरिंग बाल्देल घले । भोजराज भण्डारी । रक्षा भण्डारी । प्रयास पराजुली । सुरेन्द्र गौतम । श्यामबहादुर खत्री । टुकबहादुर मगर । माधव अर्चाय । गीता श्रेष्ठ । समिर अधिकारी । सञ्जय अधिकारी । रामहरि कार्की । गुप्तलाल भुषाल । अर्जुनप्रसाद खरेल । सुनिल श्रेष्ठ । शिवकुमार गुभाजु । मणीराज चौलागाँई ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]